सभामुखले बोलाएको तीन दलका शीर्ष नेताहरुको बैठक स्थगित – Nepal Press

सभामुखले बोलाएको तीन दलका शीर्ष नेताहरुको बैठक स्थगित

काठमाडौं । सभामुख देवराज घिमिरेको आह्वानमा शुक्रबार बोलाइएको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक स्थगित भएको छ । दिउँसो १ बजे सिंहदरवारस्थित सभामुख कार्यकक्षमा बोलाइएको बैठक स्थगित भएको सभामुखको सचिवालयले जनाएको छ।

सभामुखले संसदको विजनेस, संयुक्त समिति, विषयगत समिति र संयुक्त नियमावली मस्यौदा समिति गठन लगायतका विषयमा सहमति जुटाउन निरन्तर संवाद गरिरहेका छन्।

सभामुखले २०७९ चैत २५ गते सिंहदरवारमा र चैत २८ गते सरकारी निवास बालुवाटारमा छलफल गरेका थिए। बिहिबारको छलफलमा संयुक्त समिति र अन्य समितिको नेतृत्व र प्रतिनिधित्व सहमतिमा टुंगो लगाउन तीन दलका शीर्ष नेताहरूबीच सहमति बनेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर