कांग्रेसले देशको अगुवाइ गर्न नसक्दा मलाई पीडा हुन्छ: प्रथम राष्ट्रपति यादव (भिडिओ) – Nepal Press

कांग्रेसले देशको अगुवाइ गर्न नसक्दा मलाई पीडा हुन्छ: प्रथम राष्ट्रपति यादव (भिडिओ)

काठमाडौं । नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले नेपाली कांग्रेसले देशको अगुवाइ गर्न नसक्दा आफूलाई पीडा हुने बताएका छन् । चुनावअघिको गठबन्धनले कांग्रेसलाई घाटा भएको उनको भनाइ थियो ।

बिहीबार काठमाडौंमा ‘द आइरन म्यान’ पुस्तक विमोचन गर्दै उनले पार्टीहरुले आफ्नो आदर्श र सिद्धान्त जनतालाई भनेर मत लिनुपर्ने बताए ।

एकले अर्कालाई मत हाल्दा कांग्रेसका कार्यकर्ताहरु पछि पार्टीसँग जोडिएर जान नसक्नेमा उनले शंका व्यक्त गरे ।

पूर्वराष्ट्रपति यादवले भने, ‘देश बनाउन इमानदारीपूर्वक जो अगाडि बढ्न सक्दैन, त्यसले गर्दा हामीलाई दर्द हुन्छ ।’

कांग्रेसको पछिल्लो पुस्ता अध्ययनशील हुन नसकेको बताउँदै उनले कांग्रेसका नेताहरु बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायतका त्याग र योगदानको बारेमा पछिल्लो पुस्ताका कांग्रेसीहरुलाई प्रशिक्षित गर्नुपर्ने आवश्यकता औंल्याए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर