नयाँ वर्षमा पूर्वराजाको सन्देश : सही प्रकारको राज्य पद्धतिका निम्ति सोचौं – Nepal Press

नयाँ वर्षमा पूर्वराजाको सन्देश : सही प्रकारको राज्य पद्धतिका निम्ति सोचौं

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सही प्रकारको राज्य पद्धतिका निम्ति सोच्नुपर्ने बताएका छन् ।

उनले आगामी नयाँ वर्ष २०८० सालको शुभकामना दिँदै राजनीति र राज्य सञ्चालनको प्रक्रियामा इमानदारिताको ठूलो महत्व हुने बताए ।

उनले केही दिनअघि विराटनगरमा नागरिक अभिनन्दनमा सरकारले रोकेको विषयमा व्यंग्य गर्दै भनेका छन्, ‘विगत तीन दशकको अनर्थ प्रयत्नउपर उनीहरुको चरम विद्रोहभाव देखिन थालेको, यस्तो अवस्थामा कसैको मुख थुनेर, धरपकड गरेर वा पुनरुत्थानको अर्थहीन आरोप थोपरेर हुँदैन’, सन्देशमा भनिएको छ, ‘त्यसैले अब कोरा नारा छाडौं, सही प्रकारको राज्य पद्धतिको निम्ति सोचौं, सबै खाले गल्ती सच्याउने तिर लागौं ।’

उनले घुमाउरो पाराले हालको राजनीतिक दलहरुप्रति जनता निराश भएको र बेथिति, अविश्वास र द्वन्द्व सिर्जना भएको आशयसमेत व्यक्त गरेका छन् ।

‘सीमित व्यक्ति र सानो घेराका परिवारमा मात्र सरकारी ढुकुटी र सञ्चालित वित्तीय संस्थाहरुको कारोबार खुम्चिन गएको आमजनगुनासो सनिन्छ’, शुभकामना सन्देशमा उल्लेख छ ।

शाहले देशलाई थाहै नपाइ वर्वादीतिर नधकेल्न पनि आग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर