बालेनलाई सरकारको जवाफ- आफ्नो उद्देश्यपूर्तिका लागि फोहोर नउठाएर हड्ताल गर्न पाइँदैन (भिडिओ) – Nepal Press

बालेनलाई सरकारको जवाफ- आफ्नो उद्देश्यपूर्तिका लागि फोहोर नउठाएर हड्ताल गर्न पाइँदैन (भिडिओ)

काठमाडौं । सरकारले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले सिंहदरबारभित्रको फोहोर नउठाएर जनस्वास्थ्यमाथि खेलवाड गरेको आरोप लगाएको छ ।

बिहीबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सञ्चारमन्त्री रेखा शर्माले गर्मीको समयमा फोहोर नउठाएर आम जनताको स्वास्थ्यमा असर पर्ने बताइन् ।

उनले भनिन्, ‘संविधानको अनुसूची ८ मा एकल अधिकार क्षेत्र भित्रमा फोहोरमैला व्यवस्थापनको कुरा स्थानीय तहको हुनेछ भन्ने कुरा स्पष्ट हुनेछ। स्थानीय सरकार सञ्चालन ऐनको दफा ११ मा बुँदागत रुपमा स्थानीय सरकारले केके गर्ने भनेर लेखेको छ। अर्को कुनै उद्देश्यपूर्तिका लागि त्यसलाई कुनै हड्तालको बिषय बनाइनु हुँदैन ।’

संघीय सरकारले सहजीकरण गरेर टुंग्याउनुपर्ने विषयमा छलफल गर्नुपर्ने बताउँदै संविधान, कानून र स्थानीय सरकार सञ्चालन ऐन बुझेर काम गर्न आग्रह गरिन् ।

मेयर शाहले संघीय सरकारबाट महानगरको काममा सहयोग नभएको भन्दै सिंहदबार, बालुवाटार र शितलनिवासको फोहोर उठाउने रोक लगाएका छन् । यही विषयमा सरकार र महानरबीच टकराब देखिएको छ । मेयर शाहले आज मात्रै काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अर्को पालिकामा सार्न चुनौती दिएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर