भ्रष्टाचार गर्ने सानले हिँडेको देखेर लाज लाग्छ, हामीले घण्टा गनेर कारवाही गरेर देखाइदियौं : रवि लामिछाने – Nepal Press

भ्रष्टाचार गर्ने सानले हिँडेको देखेर लाज लाग्छ, हामीले घण्टा गनेर कारवाही गरेर देखाइदियौं : रवि लामिछाने

‘उपनिर्वाचनको नतिजाले पाँच वर्षपछि आफैंले पार्टीको सरकार बन्ने जनाउ घण्टी बजाउँछ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले घुस खाने मान्छे शानले हिँडेको देखेर आफूलाई लाज लाग्ने बताएका छन् ।

तनहुँ १ का रास्वपा उम्मेदवार स्वर्णिम वाग्लेको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘कुनै पनि मान्छेले घुस खायो भन्दा पनि त्यो सानले हिँड्न सकेको देखेर मलाई लाज लाग्छ । म आफ्नो सिर झुकाउँछु। घुस खायो रे तर, सानले अनुहार देखाएर नाक देखाएर हिँडेको छ। त्यो भन्दा लज्जाको बिषय के होला ?

भ्रष्टाचारको विरोध गरेर राजनीतिलाई नयाँ ढंगले लान नसके दुर्भाग्य हुने बताए ।

उनले भने, ‘नेपालको राजनीतिक दलमा कस्ताकस्ता विवादहरु आए । अडिओ र भिडिओ रेकर्डहरु बाहिरिए । तर, दलहरुले ती नेताहरुलाई कारवाही गर्नुको साट्टो पुजा गरेर राखेका छन् । संरक्षण दिएर राखेका छन् । हामीले घण्टा गनेर ७२ घण्टाभित्र कारवाही गरेर देखाइदियौं । यो सबैलाई लागू हुन्छ ।’

उनले आगामी निर्वाचनपछि आफ्नो पार्टीले सरकार बनाउने दाबी गरे ।

‘हामीलाई यो निर्वाचन धेरै महत्वपूर्ण छ । यो निर्वाचनको परिणामले पाँच वर्षभित्र हामी आफैंले सरकार बनाउन सक्ने कुराको जनाउ घण्टी बजाउँछ । गत निर्वाचनमा चितवन २ ले दिएको सन्देशले २० घण्टीबहाकहरु संसदमा प्रवेश गरेका छन्’, उनको भनाइ छ ।

 


प्रतिक्रिया

One thought on “भ्रष्टाचार गर्ने सानले हिँडेको देखेर लाज लाग्छ, हामीले घण्टा गनेर कारवाही गरेर देखाइदियौं : रवि लामिछाने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर