लिजा लामा र दीपक रमणको स्वरमा ‘रातो भाले’ सार्वजनिक – Nepal Press

लिजा लामा र दीपक रमणको स्वरमा ‘रातो भाले’ सार्वजनिक

काठमाडौं । लिजा लामा र दीपक रमणको स्वर रहेको नयाँ गीत ‘रातो भाले’ सार्वजनिक भएको छ । नयाँ वर्ष २०८० सालको पूर्वसन्ध्या पारेर गीतको अफिसियल म्युजिक भिडियो रिलिज गरिएको हो ।

राजु लामाको निर्देशनमा निर्माण भएको भिडियोमा वीना राउत, सरोज राना, आभा मगर, सुरवीर पण्डित र रामचन्द्र अधिकारीले अभिनय गरेका छन् ।

आरएल डिजिटलको ब्यानरमा निर्माण भएको भिडियोमा गणेश सुवेदीको शब्द, रचना र गायक रमणको संगीत रहेको छ ।

सार्वजनिक गीतमा युवराज राईको छायांकन, डीएलएक्स विश्वकर्माको कोरियोग्राफी, राजेन्द्र मोक्तानको कलर करेक्सन र नहकुल खड्काको सम्पादन छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर