तनहुँ १ मा डा. स्वर्णिम वाग्लेलाई समर्थन गर्ने गोविन्दराज जोशीको प्रतिबद्धता – Nepal Press

तनहुँ १ मा डा. स्वर्णिम वाग्लेलाई समर्थन गर्ने गोविन्दराज जोशीको प्रतिबद्धता

काठमाडौं । तनहुँको क्षेत्र नम्बर १ मा हुने उपचुनावमा पूर्वकांग्रेस नेता गोविन्दराज जोशीले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेलाई समर्थन गर्ने भएका छन् । कांग्रेससँग सहमति हुन नसकेपछि रास्वपासँग आज भएको वार्तामा जोशीले सो प्रतिबद्धता जनाएका हुन् ।

आज भएको वार्तामा रास्वपाको तर्फबाट सभापति रवि लामिछाने, तनहुँ १ का उम्मेदवार वाग्ले, रास्वपा सहमहामन्त्री कविन्द्र बुर्लाकोटी तथा केन्द्रीय सदस्य दीपक बोहरा सहभागी थिए । जोशीको तर्फबाट उनीसहित छोरा दीपकराज जोशी थिए ।

उक्त वार्तामा सहभागी एक नेताले स्वर्णिमलाई निसर्त समर्थन गर्ने प्रतिबद्धता जोशीको तर्फबाट आएको बताए ।

‘कांग्रेससँग संवाद टुंगिसकेको अवस्थामा उहाँहरुले रास्वपा उम्मेदवारलाई समर्थन गर्न तयार हुनुभएको छ’, उनले भने ।


प्रतिक्रिया

One thought on “तनहुँ १ मा डा. स्वर्णिम वाग्लेलाई समर्थन गर्ने गोविन्दराज जोशीको प्रतिबद्धता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर