कुमारी सुनौलो लगानी योजनाको एकाइ बाँडफाँट – Nepal Press

कुमारी सुनौलो लगानी योजनाको एकाइ बाँडफाँट

काठमाडौं । कुमारी क्यापिटलको निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने कुमारी सुनौलो लगानी योजनाको एकाइ बाँडफाँट भएको छ ।

प्रतिएकाइ १० रुपैयाँ दरको १० करोड इकाई मध्ये १५ प्रतिशत, अर्थात् एक करोड ५० लाख एकाइ कोष प्रवर्द्धक कम्पनी बैंकलाई सुरक्षित राखी प्रथम पटक सार्वजनिक निष्कासनमार्फत ३५ करोड रकम बराबरको तीन करोड पचास लाख एकाइ निष्कासन तथा बिक्री खुला गरिएको क्यापिटलले जनाएको छ ।

त्यस्तै १५ प्रतिशत विजपुँजीवापतको एक करोड ५० लाख एकाइ कोष प्रवर्द्धक बैंकलाई र बाँकी सर्वसाधारण तथा संघ–संस्थाबाट प्राप्त आवेदकलाई बाँडफाँट गरिएको उल्लेख गरिएका छ ।

जसमध्ये रीतपूर्वक आवेदन दिने ३७ हजार चार सय ३४ जना आवेदकले मागअनुसारको एकाइ प्राप्त गरेको जनाइएको छ । दोहोरो आवेदन दिने २२ जनाको आवेदन भने रद्द गरिएको क्यापिटलले बताएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर