मेगा क्यापिटल मार्केट्सले २० : ८० लगानी व्यवस्थापन सेवा प्रारम्भ – Nepal Press

मेगा क्यापिटल मार्केट्सले २० : ८० लगानी व्यवस्थापन सेवा प्रारम्भ

काठमाडौं । न्यूनतम लागतमा मेगा क्यापिटल मार्केट्सले २०ः८० लगानी व्यवस्थापन ‘पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस’ सेवा प्रारम्भ गरेको छ ।

पोर्टफोलियो अन्तर्गत ग्राहकले लगानी पोर्टफोलियोमा विद्ममान मुद्दती निक्षेपमा प्राप्त अधिकतम १२ प्रतिशत ब्याजदर भन्दा बढी नाफा भएमा मात्र नाफाको २० प्रतिशत नाफा साझेदारी ‘प्रिफमेन्स फि’ क्यापिटलले लिने गरी वार्षिक सञ्चालन सेवा शुल्क ‘एएमसी’ मा शतप्रतिशत छुट प्राप्त गर्न सक्ने जनाइएको छ ।

न्यून जोखिम आय उपकरणमा प्राप्त हुने आम्दानी सम्ममा सेवा शुल्क नलाग्ने हुनाले ग्राहक वर्गले न्यून लागतमा व्यवसायिक लगानी व्यवस्थापकको सेवा प्राप्त गर्न तथा शेयर बजार तर्फ लगानी प्रारम्भ गर्न मद्दत पुर्‍याउने आशा क्यापिटलले लिएको छ ।

नव वर्ष बैशाख महिनाभरि लागु हुने सेवामा न्यूनतम ३ लाख नगद वा शेयर हस्ताणतरण गरेर सेवा न्यूनतम १ वर्षको लागि लिन सकिने र अपेक्षित प्रतिफल १५ देखि २० प्रतिशत हुने अनुमान क्यापिटलले गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर