बालेनको चुनौती : काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अर्को पालिकामा सार्नुस् – Nepal Press

बालेनको चुनौती : काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अर्को पालिकामा सार्नुस्

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सिंहदरबारलाई अर्को पालिकामा सार्न चुनौती दिएका छन् ।

फेसबुकमा फेरि चर्को स्टाटस लेख्दै उनले यस्तो चुनौती दिएका हुन् ।

बालेनले काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अर्को पालिकामा सार्दा काठमाडौंवासीलाई आपत्ति नहुने बताएका छन् ।

‘हामी काठमाडौंवासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस् ।

हामीलाई हाम्रो सम्पदा, संस्कृति, कला सभ्यता चाहिन्छ, राजनीति होइन ।’

महानगरपालिकालाई विभिन्न मन्त्रालयहरूले असहयोग गरेको भन्दै बालेनले केन्द्र सरकारसँग पैंठेजोरी खेलिरहेका छन् । उनले सिंहदरबार, शीतल निवास र बालुवाटारको फोहोर नउठाउन समेत निर्देशन दिएपछि समस्या चुलिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर