शेखर पक्षलाई ३ मन्त्री र एक राज्यमन्त्री दिन देउवा तयार, को को थपिदैछन् कांग्रेसबाट ? – Nepal Press

शेखर पक्षलाई ३ मन्त्री र एक राज्यमन्त्री दिन देउवा तयार, को को थपिदैछन् कांग्रेसबाट ?

काठमाडौं । नेपाली कांग्रेसबाट थप ५ जना मन्त्री र एकजना राज्यमन्त्रीको नाम तय भएको छ । डा. शेखर कोइराला पक्षलाई तीन मन्त्री र एक राज्यमन्त्री दिन सभापति शेरबहादुर देउवा तयार भएका छन् ।

देउवा र कोइरालाबीच सहमति भए पनि महामन्त्री गगन थापा भने असन्तुष्ट रहेको बताइन्छ । उनले प्रदीप पौडेललाई मन्त्री बनाउन दबाब दिए पनि देउवाले मानेनन् । स्रोतका अनुसार पौडेललाई संसद्को यो कार्यकालभरि मन्त्री बन्न नदिने संकेत समेत देउवा निवासले गरेको छ ।

कोइराला पक्षले कम्तीमा ३ मन्त्री माग गरेका कारण यसअघि शपथग्रहण भएको थिएन । अब कांग्रेसले थप एक मन्त्रालय पाउने भएपछि शेखर पक्षले ३ मन्त्री र एक राज्यमन्त्री पाउने भएको हो ।

शेखर पक्षबाट उपसभापति धनराज गुरुङ, मोरङ १ डिगबहादुर लिम्बु र कपिलवस्तु २ का सुरेन्द्र आचार्यले मन्त्री बन्ने मौका पाउने भएका छन् । राज्यमन्त्रीमा जाजरकोटकी मैना रावल कार्कीको नाम नेताहरूले लिएका छन् ।

देउवा पक्षबाट यसअघि ४ मन्त्री भइसकेका छन् । अब मोहन बस्नेत र एनपी साउद थपिने बताइएको छ । उपनिर्वाचनपछि मन्त्रिपरिषद्ले पूर्णता पाउने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर