अमेरिकी डलरको भाउ सामान्य घट्यो, युरो बढ्यो – Nepal Press

अमेरिकी डलरको भाउ सामान्य घट्यो, युरो बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

बिहीबार अमेरिकी डलरको भाउमा सामान्य गिरावट आएको छ । अमेरिकी डलर ८ पैसाले घटेर यसको खरिददर १३१ रुपैयाँ ३ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६३ पैसा कायम गरिएको छ । यसअघि बुधवार उक्त डलरको खरिद मूल्य १३१ रुपैयाँ ११ पैसा र बिक्री मूल्य १३१ रुपैयाँ ७१ पैसामा कारोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार युरोपियन युरोमा  उकालो लागेको छ ।

युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ २२ पैसा र बिक्रीदर १४३ रुपैयाँ ८७ पैसा कायम गरिएको छ। यो मूल्य अघिल्लो कारोबारको तुलनामा १२ पैसाले बढेको हो ।

बुधवार युरो एकको खरिद मूल्य १४३ रुपैयाँ ९ पैसा र बिक्री मूल्य १४३ रुपैयाँ ७५ पैसा कायम गरिएको थियो।

बिहीबार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६२ रुपैयाँ ७० पैसा र बिक्रीदर १६३ रुपैयाँ ४४ पैसा तोकिएको छ। यो मूल्य बुधबारको तुलनामा ४३ पैसाले घटेको हो । बुधवार यसको खरिद मूल्य १६३ रुपैयाँ १२ पैसा र बिक्री मूल्य १६३ रुपैयाँ ८७ पैसा कायम गरिएको थियो ।

त्यसैगरी, बिहीबार अष्ट्रेलियन डलरको एकको खरिदमा ८७ रुपैयाँ ४० पैसा र बिक्रीमा ८७ रुपैयाँ ८० पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ३५ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८० पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५ पैसा कायम गरिएको छ ।

बिहीबार साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६८ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८४ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ७० पैसा र बिक्रीदर २९ रुपैयाँ ८३ पैसामा पाइनेछ ।

उता, कुवेती दिनार एकको खरिदमा बिहीबार ४२७ रुपैयाँ ६० पैसा र बिक्रीमा ४२९ रुपैयाँ ५६ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३४९ रुपैयाँ १५ पैसा तोकिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर