प्रसूतिका क्रममा मृत्यु भएकी सुत्केरी महिला र शिशुको शव आफन्तले बुझे – Nepal Press

प्रसूतिका क्रममा मृत्यु भएकी सुत्केरी महिला र शिशुको शव आफन्तले बुझे

कैलाली । कैलालीको मालाखेती अस्पतालमा प्रसूतिका क्रममा मृत्यु भएकी सुत्केरी महिला र शिशुको शव आफन्तले बुझेका छन् ।

बुधबार इलाका प्रहरी मालाखेतीमा पीडित पक्ष, गोदावरी नगरपालिकाका जनप्रतिनिधि र छानबिन समितिबीच सहमति भएपछि आफन्तले महिला र शिशुको शव बुझेका हुन् ।

नवजात शिशुसहित मृतक लक्ष्मी भट्टराईका छोरा आयुश भट्टराईलाई कक्षा १२ सम्म आवासीय शिक्षा दिलाउने, परिवारलाई ५ लाख नगरपालिकाले उपलब्ध गराउने सहमति भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । जोशी छानबिन समितिका सदस्य पनि हुन् ।

छानबिन समितिको प्रतिवेदन पछि थप कारबाही प्रक्रिया अघि बढ्ने उनले जानकारी दिए ।

सोमबार बिहान गोदावरी नगरपालिका वडा नम्ब २ अत्तरिया बस्ने २८ वर्षीय लक्ष्मी भट्टराई र उनको नवजात शिशुको अस्पतालमा मृत्यु भएको थियो । मृतकका आफन्तहरूले डाक्टरहरूको लापरबाहीका कारण लक्ष्मीको मृत्यु भएको भन्दै आन्दोलित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर