महासंघको मतदान सकियो, केहीबेरदेखि मतगणना हुँदै – Nepal Press

महासंघको मतदान सकियो, केहीबेरदेखि मतगणना हुँदै

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको मतदान सकिएको छ । आज विहान १० बजेबाट सुरु भएको मतदान सकिएको हो । मतगणना केहीबेरदेखि सुरु हुने भएको छ ।

वस्तुगत तर्फको १२३ वटा मतदाता रहेकोमा सबै मत खसेका छन् भने जिल्लागततर्फ ११७ मतदाता रहेकोमा सम्पूर्ण मत खसेका छन् । एशोसिएट तर्फ भने १ हजार १ सय ३२ मत खसेको छ । एशोसिएटतर्फ १ हजार ७ सय ४८ मतदाता रहेको छन् ।

कूल ६४ पदका लागि ११६ जनाले उम्मेदवारी दिएका छन् । जसमा जिल्ला नगरतर्फ १८ सदस्यका लागि ३२, वस्तुगततर्फ १४ सदस्यका लागि २८ र एसोसिएटतर्फ १९ सदस्यका लागि २९ जनाको उम्मेदवारी दिएका हुन् ।

वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघई चुनावी प्रतिस्पर्धामा छन् । महासंघको निर्वाचन नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको थियो ।

महासंघमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । तर, अहिले चुनावी प्रतिपस्र्पधामा रहेका वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरुमध्ये कुनै एक उम्मेदवारले ५० प्रतिशतभन्दा धेरै मत पु¥याउन मुस्किल पर्ने देखिएको छ ।

कुनै एक उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत पु¥याएनन् भने पहिलो र दोस्रो हुनेबीच पुनः प्रतिस्पर्धा हुने व्यवस्था छ । जसअनुसार दोस्रो चरणको मतदान बिहीबार बिहान ११ देखि बेलुका ५ बजेसम्म फेरि हुने महासंघले जनाएको छ ।

निर्वाचनले आगामी ३ वर्षका लागि वरिष्ठ उपाध्यक्षसहितका केन्द्रीय सदस्यको नयाँ नेतृत्व चयन गर्नेछ । हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वतः अध्यक्ष हुँदैछन् । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएकाले महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षलाई महत्वका साथ हेरिँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर