रविको पत्रकार सम्मेलन- ढाका श्रेष्ठ ‘बार्गेनिङ प्वाइन्टमा’ छन्, म डुबेँ भने पार्टी नै डुबाइदिन्छु भन्दैछन् (भिडिओ) – Nepal Press

रविको पत्रकार सम्मेलन- ढाका श्रेष्ठ ‘बार्गेनिङ प्वाइन्टमा’ छन्, म डुबेँ भने पार्टी नै डुबाइदिन्छु भन्दैछन् (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सो पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नका लागि रकम मागेको अडियो पुष्टि हुने निष्कर्ष निकालेको छ ।

छानबिन समितिको प्रतिवेदनमाथि छलफलपछि पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले समितिसँग श्रेष्ठले दिएको बयान विरोधाभासी रहेको र स्थिर नरहेको बताए ।

लामिछानेले भने- उहाँको कुरामा स्थिरता देखिएन । कोर टीमबारे उहाँले प्रष्ट पार्नुभएको छैन । मलाई सिध्याइयो भने छाड्दिन पनि भन्नुभएको छ । उहाँ बार्गेनिङ प्वाइन्टमा आउनुभएको छ । उहाँले अडिओ मेरो होइन भन्नु भएको छ फेरि अर्कोतिर मलाई सक्ने हो भने नामै लिएर कोर टीमको कसैलाई छाड्दिन पनि भन्नुभएको छ । उहाँले भोलि प्रमाणसहित आए जो भए पनि कारवाही हुन्छ नत्र भोलि जसको पनि नाम लिन सक्नुहोला ।

सभापति लामिछानेले छानबिन समितिमा ढाकाले दिएको बयानका आधारमा उनी दोषी देखिएको बताए । उनले आफू डुबेमा पार्टी नै डुबाइदिन्छु भन्दैछन् भन्दै उनले बोली परिवर्तन गरेकाले भोलि जसको पनि नाम लिन सक्ने बताए ।

लामिछानेले भने- उहाँले दिएको सबै बयान हामीले रेकर्ड गरेका छौं । सांसद पद खारेज नगरियोस्, खारेज गरे म जसको नाम लिन सक्छु, सिध्याइदिन्छु भन्नुभएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर