कोशी प्रदेश सभाको अधिवेशन अन्त्य – Nepal Press

कोशी प्रदेश सभाको अधिवेशन अन्त्य

विराटनगर । कोशी प्रदेशको प्रदेश सभाको जारी चालु अधिवेशन अन्त्यका लागि प्रदेश सरकारले सिफारिस गरेको छ । प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बुधबार रातिबाट अधिवेशन अन्त्यको लागि कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङलाई सिफारिस गरेको छ ।

खापुङ्ले बुधबार राती १२ बजेदेखि लागु हुने गरी चालु अधिवेशन अन्त्य भएको घोषणा गरेका छन ।

संविधानको धारा १८३ को उपधारा (२) बमोजिम कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को मिति २०७९÷१२÷२९ गतेको सिफारिसमा संवत् २०७९ साल चैत २९ गते बुधबार रातको १२ बजेदेखि प्रदेश सभाको चालु प्रथम अधिवेशन अन्त्य गर्नुभएको छ’ प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव माधव घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

कोशी प्रदेशको दोस्रो प्रदेश सभाको पहिलो अधिवेशन २०७९ पुस १७ गते आइतबार आह्वान भएको थियो । २०७९ फागुन १७ गते बसेको पहिलो अधिवेशनको १३औं बैठकले तत्कालिन प्रदेश १ लाई कोशी प्रदेश नामाकरण गरेको थियो ।
नामाकरणपछि कोशी प्रदेशका सभामुख बाबुराम गौतमले प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरेका थिए । बैठक स्थगित भएकै अवस्थामा सरकारले चालु अधिवेशन अन्त्य गरेको हो ।

यसैबीच बुधबारको मन्त्रिपरिषद् बैठकले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७९ स्वीकृत गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमवली २०७५ खारेज गरेको कोशी प्रदेश सरकारका प्रवक्ता एवं उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले जानकारी दिए

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर