प्रादेशिक अस्पताल सिरहामा भएको आगलागीका एक बिरामीको मृत्यु (अपडेट) – Nepal Press

प्रादेशिक अस्पताल सिरहामा भएको आगलागीका एक बिरामीको मृत्यु (अपडेट)

सिरहा । सिरहा सदरमुकामस्थित प्रादेशिक अस्पतालको जेनेरेटरमा आगलागी भएपछि भागदौड मच्दा एक विरामीको मृत्यु भएको छ ।

डायलाइसिस गराउन अस्पताल पुगेका विरामी ६५ वर्षीय प्रदीप कुमार दासको मृत्यु भएको हो । सिरहाकै बरियारपट्टी गाउँपालिका घर भएका दासको अत्यधिक रक्तस्राव भएर मृत्यू भएको बताइएको छ ।

सूचना अधिकारी अशोक सिंहले अस्पतालको जेनेरेटरमा आगलगी भएपछि बाहिर निस्केका विरामी दासको मृत्यू भएको पुष्टि गरे । उनका अनुसार दास पहिलेदेखि नै सिकिस्त थिए ।

गायलाइसिस गराउन गएका उनलाई रगत चढाइएका थियो । आगलगी भएको थाहा पाएपछि स्वास्थ्यकर्मीले नै रगतको पाइप चुँडाइदिएको र क्याब नलगाएकाले बाहिर भागेपछि अत्यधिक रक्तस्राव पश्चात उनको मृत्यू भएको बुझिएको छ ।

विरामी राख्ने ब्लककै छेउमा रहेको ठूलो जेनेरेटरमा विद्युत सर्ट भएर आगलगी भएको थियो । आगो लागेपछि आकाशमा धुँवाको मुस्लो देखिएपछि ठूलो संख्यामा मानिसहरु अस्पताल पुगेका थिए ।

आगलगी सिरहा नगरपालिकाको बारुणयन्त्रले नियन्त्रणमा लिएको छ । आगो नियन्त्रणमा आएपछि ज्यान जोगाउन बाहिर निस्केका विरामीहरुलाई पुनः अस्पतालमा भर्ना गरिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *