गायक मेघ पौडलको ‘आँखाको नानी भित्र’मा विकाश र पुनम (भिडिओ) – Nepal Press

गायक मेघ पौडलको ‘आँखाको नानी भित्र’मा विकाश र पुनम (भिडिओ)

काठमाडौं ‌‍‌। गायक मेघ पौडलको आँखाको नानी भित्र बोलको गीतको भिडिओ रिलिज गरिएको छ । सिडी विजय अधिकारीको शब्द , संगीत रहेको सार्वजनिक गीतमा गोपाल रसाइलीको एरेन्ज रहेको छ । गोपाल रसाइलीको एरेन्ज रहेको सार्वजनिक गीतमा मिक्स र मास्टरिङ राजु कार्कीले गरेका हुन् । प्रेम र रोमान्सले भरिएको प्रेमगीतको भिडिओमा एक प्रेमील जोडीको रमाइलो कथालाई निर्देशक प्रकाश धितालले कलात्मक शैलीमा भिडिओमा देखाएका छन् ।

जसमा मोडल विकाश चौहान र पुनम गौतमको प्रेम र रोमान्स देख्न सकिन्छ । भिडिओले मायामा डुबेपछि प्रेमी र प्रेमीकाको सुन्दरताको वर्णन गरेको कुरालाई मोडलद्धय विकाश र पुनम मार्फत देखाएको छ । उत्सब दाहालको छायांकन तथा विकाश दाहालको सम्पादन र कलिरिङ रहेको आँखाको नानीभित्र गायक स्वयंकै च्यानल अनिमेघ क्रियशनबाट बजारमा आएको हो ।

भिडिओको निर्माण सपना मेघ पौडेलले गरेकी हुन् । जर्नी नामक एल्बमबाट आफ्नो सांगीतिक यात्रा सुरु गरेका गायक मेघका इन्टु मिन्टु लण्डन, मनै त हो, ह्याप्पी बर्थ डे, सायद, तिमी छौ र म छु, हामी वीर गोर्खाली, लगायतका दजैनौँ गीतहरु बजारमा आइसकेका छन् ।

https://www.youtube.com/watch?v=RzQZbjj5VTY


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर