कोशी प्रदेश नामविरुद्धका आन्दोलनकारीद्वारा मन्त्रीको घरमा पसेर तोडफोड – Nepal Press

कोशी प्रदेश नामविरुद्धका आन्दोलनकारीद्वारा मन्त्रीको घरमा पसेर तोडफोड

काठमाडौं । कोशी प्रदेश नामाकरणविरुद्ध आन्दोलन गरिरहेका जातीय संगठनका व्यक्तिहरुले प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीको काठमाडौंस्थित निवासमा तोडफोड गरेका छन् ।

बुधबार विहान पेप्सीकलोस्थित राजभण्डारीको निवासमा छापामा शैलीमा केही व्यक्तिहरु प्रवेश गरेर तोडफोड गरेको एमालेले जनाएको छ ।
एमाले सोलुखुम्बु जिल्ला अध्यक्ष डुफ कुमार बास्तोलाले विज्ञप्ति जारी गर्दै जन प्रतिनिधिमाथि भौतिक आक्रमण भएको भन्दै निन्दा गरेका छन् । राजभण्डारी सोलुबाट निर्वाचित सांसद हुन् ।

क्थित पहिचानवादीहरुको नाममा छिरेका व्यक्तिले घरमा तोडफोड गर्नुका साथै परिवारलाई डर देखाएर आतंकित पारेको भन्दै एमालेले कारवाहीको माग गरेको छ ।

एमालेले राजनीतिक विषयमा समाधान राजनीतिक ढंगबाटै हुने भन्दै तोडफोडमा संलग्न व्यक्तिमाथि अपराधिक मुद्दामा कारवाही चलाउन ध्यानाकर्षण गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर