सिरहाको प्रादेशिक अस्पतालको जेनेरेटरमा आगो लागेपछि बिरामीको भागाभाग – Nepal Press

सिरहाको प्रादेशिक अस्पतालको जेनेरेटरमा आगो लागेपछि बिरामीको भागाभाग

जनकपुरधाम । सिरहा सदरमुकामस्थित प्रादेशिक अस्पतालको ठूलो जेनेरेटरमा आगो लागेपछि बिरामीको भागाभाग भएको छ ।

विरामी राख्ने ब्लकको छेउमा रहेको ठूलो जेनेरेटरमा आज दिउँसो आगो लागेपछि बिरामीको भागाभाग भयो । सयौं बिरामी एकसाथ बाहिर निस्किए । खसेर केही बिरामीलाई चोटपटक लागेपनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

आगलागी सिरहा नगरपालिकाको बारुणयन्त्र पुगेपछि नियन्त्रणमा लिएको छ । विद्युत सर्ट भएर जेनेरेटरमा आगो लागेको थियो । आगोले जेनेरेटर क्षतिग्रस्त बनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर