नेपाल टेलिकमले ल्याएको स्प्रिङ अफर – Nepal Press

नेपाल टेलिकमले ल्याएको स्प्रिङ अफर

काठमाडौं । नेपाल टेलिकमले स्प्रिङ अफर सार्वजनिक गरेको छ ।

टेलिकमले बुधबारदेखि ३ महिनाको लागि एफटीटीएच प्याकेज वार्षिक आठ हजार रुपैयाँमा र एफटीटीएच सेवा प्रयोग गरिरहेकालाई वार्षिक ६ हजार रुपैयाँमा उपलब्ध गराइने जनाएको छ ।

उसले एक वर्षे प्याकेज तथा आईपीटीभी कम्बो प्याकेजमा हाल उपलब्ध गराइरहेको २५ एमबीपीएस स्पिडलाई बढाएर ३० एमबीपीएस बनाएको छ ।

त्यसैगरी एनटीटीभीसहितको प्याकेज लिने ग्राहकलाई वार्षिक १२ हजार रुपैयाँमा २० एमबीपीएसको इन्टरनेट, तीन हजार मिनेट भ्वाइस सेवा र एनटीटीभी सेवा उपलब्ध रहेको छ ।

स्प्रिङ अफरअन्तर्गतका विभिन्न प्याकेजका लागि ग्राहकले स्टार १४१५ स्टार १ ह्यास डायल गरी अथवा ‘नेपाल टेलिकम’ एपबाट यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर