अमेरिका तथा कोरिया पठाइदिन्छु भन्दै करोडौं रकम ठगी गर्ने एक जना पक्राउ – Nepal Press

अमेरिका तथा कोरिया पठाइदिन्छु भन्दै करोडौं रकम ठगी गर्ने एक जना पक्राउ

काठमाडौं । अमेरिका तथा कोरिया पठाइदिन्छु भन्दै करोडौं रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका– १४ स्थायी घर भई बुढानिलकण्ठ नगरपालिका कपनमा बस्दै आएका ४२ वर्षीय पवन राणा पक्राउ परेका हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले राणालाई मंगलबार बुढानिलकण्ठ नगरपालिका कपनबाट पक्राउ गरेको हो । राणामाथि अनुसन्धान तथा कारबहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

उनका अनुसार राणा सयौं जनालाई वैदेशिक रोजगारीको लागि सहजै अमेरिका तथा दक्षिण कोरिया पठाइदिने भन्दै पीडितहरुबाट करोडौं रकम असुलेर सम्पर्कविहीन भएका थिए । उनलाई वैदेशिक रोजगार विभागले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराइदिन पत्राचार गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *