‘जीटुजी’ सम्झौतामार्फत् इजरायल पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ – Nepal Press

‘जीटुजी’ सम्झौतामार्फत् इजरायल पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि नेपाल र इजरायल सरकारबीच हुने जीटुजी सम्झौतामार्फत् सरकारी कोटामा इजरायल पठाउने भन्दै दुई जनाबाट ३१ लाख रुपैयाँ ठगी गर्ने एक जना पक्राउ परेका छन् ।

बर्दियाको गुलरिया नगरपालिका- ३ खैरापुर घर भई काठमाडौंको लाजिम्पाटमा बस्दै आएका २६ वर्षका सुनिलकुमार यादव पक्राउ परेका हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले यादवको खोजतलास गर्ने क्रममा चैत २८ गते लाजिम्पाटबाट पक्राउ गरेको हो । यादवबारे थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभागमा बुझाइसकेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

उनका अनुसार यादव रीता लामासमेत गरेर दुई जनालाई कृषि कम्पनीमा काम लगाइदिने पीडितबाट पटक-पटक गरेर ३१ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए । त्यसविरुद्ध पीडितले वैदेशिक रोजगार विभागमा उजुरी गरेपछि विभागले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराइदिन भन्दै पत्राचार गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर