चितवनको टाइगरल्याण्ड सफारी रिसोर्टमा आगलागी – Nepal Press

चितवनको टाइगरल्याण्ड सफारी रिसोर्टमा आगलागी

काठमाडौं । चितवनको टाइगरल्याण्ड सफारी रिसोर्टमा आगलागी भएको छ । बिहान साढे ११ बजेदेखि रिसोर्टमा आगलागी भएको चितवन प्रहरीले बताएको छ ।

आगो निभाउन दमकल पुगिसकेको चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले नेपालप्रेसलाई बताए ।

उनले भने,’आगाे निभाउन भरतपुर महानगरकाे  दमकल  र प्रहरीकाे दमकलले आगाे निभाउने प्रयास भइरहेकाे छ । फुसकाे छाना भएकाले  आगाे धेरै फैलिएकाे  छ ।’ उनका अनुसार  आगलागीकाे कारण  खुल्न सकेकाे  छैन।

फाेटाे : सामाजिक सञ्जाल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर