तोलामा एक हजारले बढ्यो सुनको मूल्य – Nepal Press

तोलामा एक हजारले बढ्यो सुनको मूल्य

काठमाडौं । साताको चौथो दिन बुधवार सुनको मूल्य तोलामा एक हजारले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक हजार रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन मङ्गलवार मात्रै प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै तेजाबी सुन पनि बढेर प्रतितोला १ लाख १० हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बुधवार चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर