कांग्रेसले वार्ताका नाममा हामीलाई झुक्याउन र अल्मल्याउन खोज्यो : गोविन्दराज जोशी – Nepal Press

कांग्रेसले वार्ताका नाममा हामीलाई झुक्याउन र अल्मल्याउन खोज्यो : गोविन्दराज जोशी

काठमाडौं । गोविन्दराज जोशी समूहले नेपाली कांग्रेसका प्रतिनिधिहरूसँग भएको भनिएको वार्ता झुक्क्याउने प्रयास भएको आरोप लगाएको छ ।

आज एक भिडिओ सन्देश जारी गर्दै जोशी समूहले कांग्रेससँग वार्ता सकिएको घोषणा गर्दै वार्ताका नाममा आफूहरूलाई झुक्क्याउने, स्पष्ट कुरा नगरी अलमल्याउने र आलटाल गर्ने प्रयत्न भएको आरोप लगाएको हो ।

सन्देशमा भनिएको छ, ‘नेपाली काङ्ग्रेसको नामबाट मिति २०७९ चैत्र १९ गतेको आफूले विगतमा गरेका गल्ती प्रति आत्मालोचना गरेको अवस्थामा क्रियाशील सदस्य कायम रहने तथा २०८० साल वैशाख १० गते तनहुँ जिल्ला क्षेत्र नं। १ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवार लाई विजयी गराउन क्रियाशील रहेमा क्रियाशील सदस्यता कायम रहने जस्ता वाक्यहरू राखी गरिएको वक्तव्य जालझेलपूर्ण र हामीलाई अपमान गर्ने खालको दस्ताबेज भएको ठहर हामीले गरेका छौँ ।

जोशी समूहले उपनिर्वाचनमा आफ्नो कुनै उम्मेदवार नरहेको र दल विशेषको सदस्य पनि नभएकाले स्वतन्त्र रहेको बताएको छ ।

उपनिर्वाचनमा मतदानका लागि मतदाताहरू आफ्नो मताधिकार प्रयोग गर्न सक्षम भएकाले सोही अनुसार विवेक प्रयोग गर्ने विश्वास पनि जोशी समूहले व्यक्त गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर