अमेरिकी डलरसँगै युरोको भाउ उकालो लाग्यो – Nepal Press

अमेरिकी डलरसँगै युरोको भाउ उकालो लाग्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधवारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

बुधवार अमेरिकी डलरको भाउमा उकालो लागेको छ । आज अमेरिकी डलर २३ पैसाले वृद्धि भई यसको खरिददर १३१ रुपैयाँ ११ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७१ पैसा कायम गरिएको छ । यसअघि मङ्गलवार उक्त डलरको खरिद मूल्य १३० रुपैयाँ ८८ पैसा र बिक्री मूल्य १३१ रुपैयाँ ४८ पैसामा कारोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार बुधवार युरोपियन युरोमा उकालो लागेको छ । युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ ९ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७५ पैसा कायम गरिएको छ । यो मूल्य अघिल्लो कारोबारको तुलनामा ३२ पैसाले बढेको हो । मङ्गलवार युरो एकको खरिद मूल्य १४२ रुपैयाँ ७८ पैसा र बिक्री मूल्य १४३ रुपैयाँ ४३ पैसा कायम गरिएको थियो ।

बुधवार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६३ रुपैयाँ १२ पैसा र बिक्रीदर १६३ रुपैयाँ ८७ पैसा तोकिएको छ। यो मूल्य मंगलवारको तुलनामा ३७ पैसाले बढेको हो । मङ्गलवार यसको खरिद मूल्य १६२ रुपैयाँ ७६ पैसा र बिक्री मूल्य १६३ रुपैयाँ ५० पैसा कायम गरिएको थियो ।

त्यसैगरी, बुधवार अष्ट्रेलियन डलरको एकको खरिदमा ८७ रुपैयाँ २९ पैसा र बिक्रीमा ८७ रुपैयाँ ६९ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ११ पैसा र बिक्रीमा ९७ रुपैयाँ ५६ पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५ पैसा कायम गरिएको छ ।

बुधवार साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ११ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७० पैसा र बिक्रीमा ३५ रुपैयाँ ८६ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ६७ पैसा र बिक्रीदर २९ रुपैयाँ ८१ पैसामा पाइनेछ ।

उता, कुवेती दिनार एकको खरिदमा बुधवार ४२७ रुपैयाँ ९६ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ९२ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३४९ रुपैयाँ ३७ पैसा तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर