रास्वपा केन्द्रीय समिति बैठक सर्‍यो – Nepal Press

रास्वपा केन्द्रीय समिति बैठक सर्‍यो

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सरेको छ ।

सांसद ढाकाकुमार श्रेष्ठसँग जोडिएको अडिओबारे निर्णय लिन ९ बजेका लागि बोलाइएको बैठक २ बजेका लागि सारिएको हो ।

रास्वपा महामन्त्री मुकुल ढकालले पार्टीका नेताहरु चुनावी अभियानमा चारैतिर खटिएकाले बैठक सारिएको बताए ।

उनले भने, ‘केन्द्रीय समितिको बैठक २ बजेलाई सारिएको छ । त्यसपछी काठमाडौँमा नै पत्रकार सम्मेलन हुनेछ । साथीहरू ४ तिर छरिएकाले, मिलाउँदा बैठक सार्न परेको हो । अन्य कुनै कारण छैन ।’

केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद ढाकाकुमार श्रेष्ठले घुस डिल गरेको अडियो सम्बन्धी प्रतिवेदन मङ्गलवार सभापति रवि लामिछानेलाई बुझाएपछि बैठक बस्न लागेको हो ।

समितिसँगको बयानमा सांसद श्रेष्ठले अडिओ आफ्नो नभएको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर