स्ववियु निर्वाचनको मिति घोषणा गरेको भोलिपल्टै पोखराको पीएन क्याम्पसमा तालाबन्दी – Nepal Press

स्ववियु निर्वाचनको मिति घोषणा गरेको भोलिपल्टै पोखराको पीएन क्याम्पसमा तालाबन्दी

पोखरा । पोखराको पृथ्वीनारायण (पिएन) क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन कार्यालय र क्याम्पस प्रशासनमा तालाबन्दी भएको छ ।

क्याम्पसको निर्वाचन समितिले स्ववियु निर्वाचनको मिति संशोधन गरी प्रकाशन गरेको भोलीपल्टै ४ विद्यार्थी संगठनले क्याम्पस प्रशासन र स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी गरेका हुन् ।

अनेरास्ववियू कास्की, अखिल (क्रान्तिकारी) बिप्लब, अखिल (क्रान्तिकारी) संयुक्त र अखिल (छैठौं) ले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै क्याम्पस प्रशासन र स्ववियु कार्यालयमा तालाबन्दी गरेका हुन् ।

यसअघि चैत २६ गते ३ विद्यार्थी संगठनले स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी गरेका थिए ।

उक्त ताला नखुलेपछि तोकिएको समयमा हुन नसकेको स्ववियु निर्वाचन क्याम्पसको निर्वाचन समितिले नयाँ निर्वाचन कार्यालय खोलेर निर्वाचन प्रक्रिया अगाडि बढाएको थियो । क्याम्पसको निर्वाचन समितिको सोमबारको बैठकले स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो ।

तालिकाअनुसार चैत २९ गते मनोनयन दर्ता र वैशाख ३ गते मतदानको मिति तोकिएको छ । तर, ४ विद्यार्थी संगठनले प्रथम वर्षको परीक्षालाई प्रत्यक्ष असर गर्ने गरी र स्ववियु निर्वाचन समितिले एकलौटी ढंगले निर्वाचन तालिका सार्वजनिक गरेको भन्दै तालाबन्दी गरेका हुन् । यससँगै पुनः पिएन क्याम्पसमा स्ववियु निर्वाचन अन्योल बनेको छ ।

 

 


प्रतिक्रिया

One thought on “स्ववियु निर्वाचनको मिति घोषणा गरेको भोलिपल्टै पोखराको पीएन क्याम्पसमा तालाबन्दी

  1. यी हरूवाहरूलाई जेल कोचेर भए पनि चुनाव गर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर