नेपाली कथानक चलचित्र शिवानी- जसले गर्‍यो ५२० रुपैयाँ ग्रस आम्दानी – Nepal Press

नेपाली कथानक चलचित्र शिवानी- जसले गर्‍यो ५२० रुपैयाँ ग्रस आम्दानी

काठमाडौं । यो वर्ष रिलिज भएका ५ दर्जनभन्दा बढी चलचित्रमध्ये केही चलचित्र यस्ता छन्, जुन आएको र गएको समेत दर्शकले थाहा पाएनन् । यस्ता चलचित्रको सूचीमा अग्रस्थानमा आउँछ- शिवानी ।

सायद यो चलचित्रको नाम पनि धेरै कमले सुनेका छन् । कहिले हलमा लाग्यो र उत्रियो भन्ने कसैलाई थाहा छैन । तर, यसै वर्ष रिलिज भएको यो चलचित्रले ५२० रुपैयाँ ग्रस कलेक्सन गर्यो । एक घन्टा ५६ मिनेटको यो चलचित्र कुल ५ जनाले टिकट काटेर हेरेका थिए ।

नाम हेर्दा नारीप्रधान हुन सक्ने यो चलचित्रको निर्देशन दुईजनाले गरेका छन् । उनीहरु हुन् रोनित विसुङ्खे र उत्तम प्रसाद खड्का । कलाकारहरु पनि अधिकांस नाम नसुनेका छन् । छुल्ठीम गुरुङ र निर्मल शर्मा मात्र चिनिएका कलाकार हुन् । अन्य कलाकारहरुमा उत्तम विष्ट, पूर्णिमा लामा, प्रसान्तकुमार यादव, उपेन्द्र खड्का, सोनु पौडेल, शिवानी खड्का, गोविन्द साह, विजय सिंह, कौशल किशोर साह आदि छन् ।

हलमा पानी माग्न नपाएपछि यो फिल्म गत मंसिर २ गते युट्यूवमा रिलिज गरिएको थियो । युट्यूवको भ्युज पनि निराशाजनक छ । अहिलेसम्म ८ हजार ५ सय भ्यूज पाएको चलचित्रलाई १६९ जनाले लाइक गरेका छन् । कमेन्टहरु ९ वटा मात्र छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *