माओवादीको पार्टी संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन – Nepal Press

माओवादीको पार्टी संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले पार्टी संसदीय दलको विधान संशोधन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको छ । मंगलबार सिंहदरवारमा बसेको पार्टी संसदीय दलको बैठकले प्रमुख सचेतक हितराज पाण्डेको संयोजकत्वमा संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन गरेको हो ।

कार्यदलको सदस्यमा प्रतिनिधिसभाका सदस्यद्वय पूर्ण घर्ती र विमला सुवेदी तथा राष्ट्रियसभाका सदस्य जगप्रसाद शर्मा र गङ्गा बेलवासे सदस्य रहेका छन् ।

अहिलेको समग्र परिस्थितिलाई हेरेर पार्टी संसदीय दलको विधान संशोधनका लागि कार्यदल बनाउने निर्णय गरिएको पार्टीका प्रमुख सचेतक पाण्डेले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार कार्यदललाई एक महिनाभित्र पार्टी संसदीय दलको विधान संशोधन गर्न आवश्यक सुझावसहितको प्रतिवेदन दलको बैठकमा पेस गर्ने कार्यादेश दिइएको छ ।

त्यसैगरी बैठकले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक जतिसक्दो चाँडै संसदबाट पारित गराउन माग गर्ने निर्णय पनि गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर