बालेनको कदमबारे मन्त्रिपरिषदमा छलफल, अराजकता निम्त्याउन खोजिएको आरोप (भिडिओ) – Nepal Press

बालेनको कदमबारे मन्त्रिपरिषदमा छलफल, अराजकता निम्त्याउन खोजिएको आरोप (भिडिओ)

काठमाडौं । काठमाडौं महानगरपालिकाले सिंहदरबार, शीतलनिवास र बालुवाटारको फोहोर उठाउन नदिएको विषयमा आज बसेको मन्त्रिपरिषद् बैठकमा गम्भीर छलफल भएको छ । सरकारविरुद्ध महानगरका मेयर बालेन शाहले दिएका अभिव्यक्तिहरुलाई लिएर पनि चर्चा भएको थियो ।

सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले स्थानीय तहले फोहोर उठाउने नीतिगत व्यवस्था रहेको बताइन् । यसलाई सबैले पालना गर्नुपर्नेमा मन्त्रिपरिषद्मा छलफल भएको उनले जानकारी दिइन् ।

‘बैठकमा सिंहदरबार, बालुवाटार र शीतलनिवासको फोहोर नउठेकोबारे गम्भीर छलफल भयो । यसको समाधानका लागि पहल गर्ने तथा नीतिगत व्यवस्था पालना गर्न गम्भीरतापूर्वक ध्यानाकर्षण गराउने कुरा भएको छ’, उनले सञ्चारकर्मीसँग भनिन् ।

बालेनका अभिव्यक्तिहरु अराजकतातर्फ केन्द्रित रहेको विषयमा समेत बैठकमा छलफल भएको शर्माले बताइन् । ‘या त नीतिगत परिवर्तन हुनुपर्छ वा भएको व्यवस्था पालना हुनुपर्छ भन्ने छलफल भएको छ’, उनले भनिन्, ‘नत्र त्यसरी बोल्न मिल्दैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर