देउवाले भने- कांग्रेसले सरकारको नेतृत्व गर्नसक्छ (भिडिओ) – Nepal Press

देउवाले भने- कांग्रेसले सरकारको नेतृत्व गर्नसक्छ (भिडिओ)

काठमडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले सरकारको नेतृत्व गर्ने सम्भावना रहेको बताएका छन् ।
काठमाडौंमा आयोजित पार्टी निकट नेपाल शिक्षक संघको नवौं संघीय महाधिवेशनमा बोल्दै संविधानअनुसार अहिले सरकार बनाउन कुनै दलको बहुमत नआएको बताए ।

उनले भने, ‘आज हाम्रो पार्टी सरकारमा छ। भोलि सरकारको नेतृत्व गर्न सक्ने सम्भावना पनि छ। धेरै वर्ष सरकारको नेतृत्व गरेको पनि हो, तर अझै यो पार्टी एकदमै अहिलेको संविधानअनुसार कुनै पनि पार्टीले बहुमत प्राप्त गर्न सकेको छैन । तापनि भोलि हामी सबै लागेर नेपाली कांग्रेसलाई बहुमत ल्याउनेतिर हामी सबै लाग्यौं भने यसमा शिक्षक संघको पनि योगदान भयो भने हाम्रो पार्टीले बहुमत नै ल्याउन सक्ने सम्भावना छ ।’

अहिले संयुक्त सरकार भएको भएकाले कतिपय काम गर्न समस्या भएको बताए ।

उनले थपे, ‘अहिलेको संविधान अनुसार गठबन्धन अति आवश्यक छ। गठबन्धन नभई सरकार बन्दै बन्दैन। गठबन्धन सरकारमा हामी सहभागी भएका छौं। त्यसले हाम्रो पार्टीलाई अगाडि बढ्न बल पुर्याएको छ ।’


प्रतिक्रिया

One thought on “देउवाले भने- कांग्रेसले सरकारको नेतृत्व गर्नसक्छ (भिडिओ)

  1. अहिलेको गठबन्धन ठगहरूको झुण्ड हो । देश लुटन बनेको लुटेराहरूको झुण्ड ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर