‘प्रसाद २’ बैशाख १५ मा रिलिज हुने – Nepal Press

‘प्रसाद २’ बैशाख १५ मा रिलिज हुने

काठमाडौं । उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेशका कारण रोकिएको फिल्म ‘प्रसाद २’को प्रदर्शन अब नयाँ मितिमा हुने भएको छ । निर्माण पक्षले फिल्म आउँदो बैशाख १५ गते रिलिज गर्ने पक्का भएको जनाएको छ ।

उच्च अदालत पाटनले फिल्म रोक्नु सुविधाजनक नहुने भन्दै अन्तरिम आदेश सुनाएपछि फिल्म रिलिजको बाटो खुलेको थियो ।

यसअघि चैत २४ गते रिलिज गर्ने मिति तोकिएको चलचित्रमा विपीन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठीलगायतको मुख्य भूमिका छ ।

सुदर्शन थापाको निर्देशनमा तयार भएको चलचित्रको निर्माता सुदर्शन बस्नेत हुन् । सुभाष थापाको प्रस्तुतिमा तयार भएको चलचित्रको कथा सुशील पौडेलले लेखेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *