वैवाहिक बलात्कार आरोपमा न्यायाधीश भुवन गिरी पक्राउ – Nepal Press

वैवाहिक बलात्कार आरोपमा न्यायाधीश भुवन गिरी पक्राउ

काठमाडौं । न्याय परिषदका न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् । उनलाई आज प्रहरीले सामाखुसीबाट पक्राउ गरेको हो ।

गिरीविरुद्ध उनकी पत्नी आरती गिरी रावलले वैवाहिक बलात्कार आरोपमा जाहेरी दिएकी थिइन् । कपिलवस्तु जिल्ला अदालतले गिरीलाई पक्राउ गर्न गत साता प्रहरीलाई अनुमति दिएको थियो ।

गिरी एक महिना अगाडि मात्रै न्यायपरिषदमा सरुवा भएर आएका हुन् । उनले हिजो श्रीमती पार्वती बोलाएर भेटेका थिए । राति पनि पार्वतीकै काेठामा बसेका थिए । आफ्नाे माेबाइल खाेसेर रातभर बन्धक बनाएकाे भन्दै पार्वतीले बिहान एक साथीलाई गुहारेकी थिइन् । ती साथीले पार्वतीलाई उद्दार गरेकी छन् ।

प्रहरीले पार्वतीकै काेठाबाट गिरीलाइ पक्राउ गरेकाे हाे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर