चिकित्सा शिक्षा आयोगलाई मेरिटोक्रेसीको धज्जी नउडाउन अनेरास्ववियुको चेतावनी – Nepal Press

चिकित्सा शिक्षा आयोगलाई मेरिटोक्रेसीको धज्जी नउडाउन अनेरास्ववियुको चेतावनी

काठमाडौं । अखिल नेपाल रास्ट्रीय स्वतन्त्र बिद्यार्थी युनियनले चिकित्सा शिक्षा आयोगको ध्यानाकर्षण गराएको छ ।

आयोगले चिकित्सा शिक्षा (एमबीबीएस/एमडी/एमएस) लगायत विभिन्न विधाको को प्रवेश परिक्षा पश्चात भर्ना हुने म्याचिंगमा योग्यताक्रम कै धज्जी उड्ने गरी प्रक्रिया अगाडी बढाएपछि उक्त निर्णय सच्याउन ध्यानाकर्षण गराएको हो ।

अनेरास्ववियुका केन्द्रीय सचिव डा. सुजन कडरिया, अनेरास्ववियु चिकित्सा विद्यार्थी राष्ट्रिय कमिटिका अध्यक्ष पुष्पराज भाम लगायतका विद्यार्थीहरुले आयोगका उपाध्यक्षलाई भेटि निर्णय सच्याउन माग गर्दै विज्ञप्ति बुझाएका हुन् ।

केन्द्रीय अध्यक्ष समिक बडाल द्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ‘राष्ट्रिय चिकित्सा आयोगद्वारा चिकित्सा शिक्षा स्नातकोत्तर (पोस्ट ग्रेजुएट)/अन्डरग्रेजुएट (एमबीबीएस/बीडीएस/बीएस्सी नर्सिङ लगायतको एकीकृत प्रवेश परिक्षाको नतिजा अनलाईन प्राथमिकता निर्धारणका आधारमा हुनेछ भनेर चिकित्सा शिक्षा ऐनले स्पष्ट उल्लेख गरेको छ ।

तर चिकित्सा शिक्षा आयोगले २०७८/११/२८ गते प्रकाशित सुचना अनुरुप म्याचिङ्ग प्रणालीका आधारमा भर्ना गर्नुपर्नेमा आयोगले उक्त म्याचिङ्ग प्रणालीमा शंसोधन गरी योग्यताक्रमको आधारमा भर्ना गर्न पाउने अधिकारको विरुद्ध गरेको निर्णयप्रति अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको छ ।’

साथै यसै सम्बन्धमा सम्मानित सर्वोच्च अदालतद्वारा ११-५ गते यसै विषयमा गरेको उत्प्रेषण आदेशको पनि स्मरण गराएको छ ।

साथै विद्यार्थीहरुको भविष्यमा दीर्घकालीन असर पर्ने यस्ता निर्णय छिटो सच्चाएर अघि बढ्न आग्रह गर्दै अनेरास्ववियुले त्यसो नगरिए आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएको छ ।

स्थापना काल देखि नै स्वाभाविक र अनुदार कार्यशैली अपनाएको आयोगले आफुलाई असफलताको बाटोमा उन्मुख गराईरहेको र निरन्तर एक पछि अर्को गल्तीमा हात हाल्नुले आयोगको भबिष्य मै गम्भीर प्रश्न उठ्ने अवस्था आएको सचिव डा.सुजन कडरियाले बताउनु भयो । अबका दिनमा पनि आयोगले अहिलेको निर्णय र आफ्नो कार्यशैली नसच्याए आन्दोलनमा होमिन आफुहरु बाध्य हुने उनको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर