सुत्केरी र शिशुको मृत्युपछि स्थानीय आन्दोलित, उठेन शव – Nepal Press

सुत्केरी र शिशुको मृत्युपछि स्थानीय आन्दोलित, उठेन शव

कैलाली । कैलालीको अत्तरियामा सुत्केरी महिला र शिशुको मृत्यु भएपछि स्थानीय आन्दोलित भएका छन् । दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै स्थानीय र मृतकका आफन्तहरूले आन्दोलन गरेका हुन् ।

सडक अवरुद्ध गर्ने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको छ । सडक अवरुद्ध गर्ने गरी स्थानीय आन्दोलनमा उत्रिएपछि केहीबेर तनाव सृजना भएको थियो । त्यस क्रममा प्रहरीले लाठी चार्ज गरेको थियो भने स्थानीयले ढुंगा प्रहार गरेका थिए ।

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्याससमेत प्रहार गरेको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले सडक अवरुद्ध गर्न थालेपछि सामान्य झडप भएको बताए ।

आइतबार बिहान सुत्केरीका लागि मालाखेती अस्पताल गएकी गोदावरी नगरपालिका वडा नं. २ मा बस्ने २८ वर्षीया लक्ष्मी भट्टराईको नवजात शिशुसहित मृत्यु भएको थियो । अस्पताल प्रशासन र डाक्टरहरूको लापरबाहीका कारण लक्ष्मीको मृत्यु भएको भन्दै स्थानीय आन्दोलित भएका थिए ।

मृतक र उनको नवजात शिशुको शव अझै पनि उठ्न सकेको छैन । उनीहरूको शव हाल मालाखेती अस्पतालमै राखिएको छ ।
घटनाको छानबिन गर्ने भनिएकोमा अहिलेसम्म कुनै सुनुवाइ नभएको पीडित पक्षको आरोप छ । माग सम्बोधन नभएसम्म शव नउठाउने स्थानीयले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *