नेपाल श्रीलंकाको बाटोमा गयो भनेर हल्ला हुँदा राजश्व खस्कियो : अर्थमन्त्री महत (भिडिओ) – Nepal Press

नेपाल श्रीलंकाको बाटोमा गयो भनेर हल्ला हुँदा राजश्व खस्कियो : अर्थमन्त्री महत (भिडिओ)

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल श्रीलंकाको बाटोमा गयो भनेर हल्ला हुँदा लक्ष्यअनुसारको राजश्व उठ्न नसकेको जिकिर गरेका छन् ।

उद्योग वाणिज्य महासंघको साधारणसभामा बोल्दै उनले भने, ‘देश आर्थिकरूपमा अप्ठ्यारो परेको छ । तर, यसको खास कारण छैन । विदेश मुद्र सञ्चिती वृद्धि हुँदै गएको छ ।’

अर्थमन्त्री महतले पुँजीगत खर्च वृद्धि गर्नुपर्ने अवस्था आएको औंल्याए ।

साधारण खर्च धेरै भएको उनको भनाई छ ।

महतले निजी क्षेत्रले नै अर्थतन्त्र चलायमान बनाउने भन्दै सरकार निजी क्षेत्रसँग सहकार्यको तत्पर छ ।

समस्यमा परेका उद्योगी व्यवसायीको व्याजको विषयमा सरकारले सहजीकरण गर्ने आश्वासन दिँदै उनले ऋण लिएर तिर्दिनँ भन्न नमिल्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *