अमेरिकी डलरको भाउ बढ्दा युरोपनि उकालो लाग्यो – Nepal Press

अमेरिकी डलरको भाउ बढ्दा युरोपनि उकालो लाग्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले मङ्गलवारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

मङ्गलवार अमेरिकी डलरको भाउमा सामान्य वृद्धि भएको छ । आज अमेरिकी डलर १६ पैसाले वृद्धि भई उसको खरिददर १३० रुपैयाँ ८८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४८ पैसा कायम गरिएको छ । यसअघि सोमबार उक्त डलरको खरिद मूल्य १३० रुपैयाँ ७२ पैसा र बिक्री मूल्य १३१ रुपैयाँ ३२ पैसामा कारोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार मङ्गलवार युरोपियन युरोको भाउ पनि उकालो लागेको छ । युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४३ पैसा कायम गरिएको छ। यो मूल्य अघिल्लो कारोबारको तुलनामा ३१ पैसाले बढेको हो । सोमबार युरो एकको खरिद मूल्य १४२ रुपैयाँ ४७ पैसा र बिक्री मूल्य १४३ रुपैयाँ १३ पैसा कायम गरिएको थियो।

मङ्गलवार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६२ रुपैयाँ ७६ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५० पैसा तोकिएको छ। यो मूल्य सोमबारको तुलनामा एक रुपैयाँ ४७ पैसाले बढेको हो । सोमबार यसको खरिद मूल्य १६२ रुपैयाँ २९ पैसा र बिक्री मूल्य १६३ रुपैयाँ ३ पैसा कायम गरिएको थियो ।

त्यसैगरी, मङ्गलवार अष्ट्रेलियन डलरको एकको खरिदमा ८७ रुपैयाँ ३० पैसा र बिक्रीमा ८७ रुपैयाँ ७० पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ९९ पैसा र बिक्रीमा ९७ रुपैयाँ ४४ पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९७ पैसा कायम गरिएको छ ।

मङ्गलवार साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८० पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ६७ पैसा र बिक्रीदर २९ रुपैयाँ ८१ पैसामा पाइनेछ ।

उता, कुवेती दिनार एकको खरिदमा मङ्गलवार ४२६ रुपैयाँ ६८ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ६४ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ १८ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ७८ पैसा तोकिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर