इलाममा कोरिएका रेड पान्डाहरू (तस्बिर) – Nepal Press

इलाममा कोरिएका रेड पान्डाहरू (तस्बिर)

इलाम। आइतबार र सोमबार इलाममा आयोजना भएको ‘इलाम साहित्य महोत्सव’को लोगोमा रेड पान्डा राखिएको थियो। नेपाली भाषामा हाब्रे भनिने रेड पान्डा लोगोमा मात्रै सीमित भएन। नेपाल तथा भारतबाट आएका दर्जन पेन्टरले रेड पान्डाको चित्र कोरे।

नेपालका इलाम सहित २५ जिल्लामा रेड पान्डा पाइन्छ । इलाममा रेड पान्डा ट्रेल पनि छ। त्यही इलामे रेड पान्डा पहिचान र पर्यटन प्रवर्द्धन गर्न दुई देशका पेन्टरलाई रेड पान्डा चित्र कोर्न सहजीकरण गरिएको महोत्सव आयोजक प्रमुख कवि प्रकाश थाम्सुहाङले बताए।

धनकुटाबाट आएका कवि तथा पेन्टर मुकुन्द प्रयासले इलाम आएर रेड पान्डा पेन्ट गर्नु फरक र सुन्दर अनुभव भएको बताए।

‘चियाको जिल्ला भनेर चिनिने इलामको चियाबारीमा बसेर रेड पान्डा चित्र कोर्नु बेग्लै अनुभूति भयो’, कवि प्रयासले भने, ‘रेड पान्डा चित्रमा कविता राख्दा झन् फरक सुन्दर अनुभूति भयो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर