अमेरिकामा फेरि गोलाबारी, ५ जनाको मृत्यु – Nepal Press

अमेरिकामा फेरि गोलाबारी, ५ जनाको मृत्यु

काठमाडौं । अमेरिकाको केन्ट सहरमा भएको गोलाबारीमा ५ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

लुईसीवका प्रहरी प्रवक्ताका अनुसार यसरी घाइते हुनेमा प्रहरी अधिकारी पनि रहेका छन् । साथै, सो गोलाबारीमा संलग्न रहेका संदिग्धलाई गोली हानि मारिएको छ ।

प्रहरी अधिकारीले भने ‘अब सर्वसाधारणका लागि कुनै खतरा छैन, अवस्था सहज बनाइएको छ ।’

गभर्नर एन्डी बेसियरले ट्विट गर्दै भनेका छन्, ‘कृपया, सो घटनामा प्रभावित भएको पीडित परिवारका लागि एक पटक प्रार्थना गरिदिनुहोस् ।’

पछिल्लो समयमा अमेरिकाका सहरहरूमा धेरै गोलाबारीका घटना हुन थालेको छ । केही दिन पहिले पनि विद्यालयमा एक महिला सन्दिग्धले गोली हानेर आधा दर्जनको हत्या गरेकी थिइन ।

सुरक्षा अधिकारीका अनुसार सो घटनामा बालिबालिकासहित ६ जनाको मृत्यु भएको थियो । गोली हानिएको विद्यालय पूर्व प्राथमिक थियो । सो विद्यालयमा पढ्ने सबै विद्यार्थी १२ वर्ष भन्दा कम उमेरका रहेको थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर