दुजाङ शेर्पाको अपरिपक्वताका कारण बागी उठेर सभापति जित्नुपर्‍यो : सुशील विष्ट (भिडिओ) – Nepal Press

दुजाङ शेर्पाको अपरिपक्वताका कारण बागी उठेर सभापति जित्नुपर्‍यो : सुशील विष्ट (भिडिओ)

काठमाडौं । गएको शनिबार सम्पन्न पाटन संयुक्त क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा सुशील विष्ट निर्वाचित भए । विष्टले ८४१ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी अखिलका सुरेश जीसीले ६७२ मत ल्याए ।

नेपाल विद्यार्थी संघको क्याम्पस एकाइ कमिटीका उपसभापतिसमेत रहेका विष्टले संगठनबाट आफ्नो टिकट खोसिएपछि बागी उम्मेदवारी दिएका थिए । नेविसंघका सभापति दुजाङ शेर्पाले पहिला सभापतिको उम्मेदवार भनेर विष्टलाई नै पत्र थमाएका थिए । तर, पछि मनोनयन गर्ने वेला आधिकारिक भन्दै युवराज थिङलाई अर्को पत्र थमाइयो ।

यसपछि विष्ट स्वतन्त्र तथा बागी उम्मेदवार बने । सात हजार ६०० विद्यार्थी रहेको पाटन क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित बने विष्ट । उनै विष्टसँग गरिएको कुराकानीको सम्पादित अंश :

– संगठनले टिकट नदिएपछि बागी उठेर चुनाव जित्दा कस्तो लागिरहेको छ ?

लामो समयदेखि पाटन क्याम्पसमा विद्यार्थीको हकहितका लागि आवाज उठाइरहेको थिएँ । नेविसंघमा बसेर लामो समयदेखि काममात्रै गरिनँ, क्याम्पसमा नेविसंघको संगठन विस्तारमा पनि सक्रियतापूर्वक भूमिका खेलें । तर, अन्तिममा सभापति दुजाङ शेर्पाले टिकट दिएनन् । बागी उठें र जितें पनि ।

यो मेरो जीत भनेको निष्ठाको जीत हो । न्याय मर्नुहुन्न भनेर विद्यार्थी साथीहरुले दिएको विश्वासको मत हो । ती एक–एक मतको कदर मैले गर्नुपर्छ । क्याम्पसमा केही समयका लागि आएका विद्यार्थी नेता भनिएकाहरु, जसलाई विद्यार्थीले राम्रोसँग चिनेका छैनन्, उनीहरुलाई टिकट दिइँदै गर्दा यो मेरो जीत भनेको विद्रोहको जीत हो । मनमौजी निर्णयविरुद्ध हाँक गरिएको हो । विद्यार्थी नेता भनिहिँड्ने तर, विद्यार्थीको माझ नहुनेहरुका लागि झापड हो ।

उनले नेविसंघलाई एक ठाउँमा ल्याउनै चाहेका छैनन् । संगठनलाई भित्रभित्रै फुटाएर धुजाधुजा बनाएका छन् । झगडा गर्ने अवस्था सृजना गरेका छन् । यस हिसाबले हेर्दा मलाई संगठनले कहिल्यै पनि अन्याय गरेको छैन ।

– नेविसंघ र सभापति शेर्पाले तपाईंलाई अन्याय गरेको हो र ?

नेविसंघको सभापतिको राजनीतिक निर्णय साह्रै आलोकाँचो र अपरिपक्व देखिन्छ । इतिहासमा दुई तीन जनालाई चिठी बाँड्दै हिँड्ने प्रमाण भेटिएकै छैन । पुल्चोक, थापाथली क्याम्पसमा सभापतिले यस्तै हर्कत देखाए । टीयूको हालत झनै विकराल छ । ६ वटासम्म चिठी बाँडेका छन् ।

सभापतिले अपरिपक्व राजनीतिको थालनी गरेका छन् । यसबारे भोलिका दिनमा समीक्षा हुँदै जानेछ । पाटनमा लामो समयदेखि संगठनमा भिजेको म नै थिएँ । विद्यार्थी साथीभाइदेखि प्राध्यापक, कर्मचारीहरु सबैको चाहना म नै आउनुपर्छ भन्ने थियो । तर, त्यसलाई सभापतिले लत्याइदिए । उनले नेविसंघलाई एक ठाउँमा ल्याउनै चाहेका छैनन् । संगठनलाई भित्रभित्रै फुटाएर धुजाधुजा बनाएका छन् । झगडा गर्ने अवस्था सृजना गरेका छन् । यस हिसाबले हेर्दा मलाई संगठनले कहिल्यै पनि अन्याय गरेको छैन । तर, सभापतिको मनोमानीको परिणाम पाटनमा देखिएको छ । बागी उठेको मबाहेक कार्यसमितिमा नेविसंघले कतै पनि नजित्नुको सबै दोष सभापति शेर्पाले लिनुपर्छ ।

– बागी उठ्दा पनि जित्छु भन्ने आत्मविश्वास चाहिँ तपाईंसँग थियो ?

मैले लामो समयदेखि काम गरेको थिएँ । विद्यार्थीहरुसँग प्रत्यक्ष रुपमा भेट्थें । उहाँहरुले पनि मलाई ‘दाइ उठ्नैपर्छ, तपाईंलाई मात्रै भोट हाल्ने हो, अरु उठे भने भोटै हाल्दैनौं’ भनेर मलाई निरन्तर दबाब दिइरहनुभयो । म उठेन भने विद्यार्थी साथीभाइको मप्रतिको विश्वास टुट्छ भनेर उठें । विद्यार्थीको विश्वास नै सबैभन्दा ठूलो आत्मविश्वास थियो मेरो ।

– विद्यार्थीहरुले त्यति माया गर्नुको कारण के लाग्छ तपाईंलाई ?

उनीहरुसँग घुलमिल हुने मेरो स्वभाव नै प्रमुख हो । सबै विद्यार्थीको समस्या मेरो पनि हो भनेर निरन्तर हिँडिरहें । त्यसैले पनि मलाई माया गरेका हुन् ।

विद्यार्थीहरुसँग प्रत्यक्ष रुपमा भेट्थें । उहाँहरुले पनि मलाई ‘दाइ उठ्नैपर्छ, तपाईंलाई मात्रै भोट हाल्ने हो, अरु उठे भने भोटै हाल्दैनौं’ भनेर मलाई निरन्तर दबाब दिइरहनुभयो । म उठेन भने विद्यार्थी साथीभाइको मप्रतिको विश्वास टुट्छ भनेर उठें ।

– बागी उठेपछि संगठनले कारबाही गर्ला नि त ?

हेरौं, के हुन्छ । कारबाही नै गर्‍यो भने पनि संगठनलाई भलो हुने गतिविधि त म निरन्तर गरिरहने नै छु ।

– भनेपछि कारबाही गरे पनि संगठनमै रहने सम्भावना छ ?

बागी उम्मेदवार त गगन र प्रदीप दाइ पनि हुन् नि ! उहाँहरु अहिले संगठनमा सफल नै हुनुहुन्छ । राम्रो काम गरेपछि विलीन हुनुपर्दैन भन्ने उदाहरण त गगन दाइ र प्रदीप दाइ छँदै हुनुहुन्छ नि !

– निर्वाचित भएपछि अबको योजना के छ ?

क्याम्पसमा धेरै समयदेखि छात्रवृत्ति वितरण हुन सकेको छैन । अव्यवस्थित भवन छन् । शौचालय, पार्किङमा समस्या छ । खेलमैदानको व्यवस्थापन छैन । खेलकुदका सामग्री छैनन् । नियमित कक्षा सञ्चालन हुँदैनन् । यसका लागि विद्यार्थीहरुसँग बसेर छलफल चलाएर काम गर्छु ।

– विद्यार्थी नेता भनेको के हो र कस्तो हुनुपर्छ ?

विद्यार्थीको समस्यामा सँगै हुने, साथ दिने र घुलमिल हुने हरेक विद्यार्थी आफैंमा नेता हो । विद्यार्थीहरुको चाहना पनि यही नै हुन्छ र नेता यी सबथोक भएको व्यक्ति हुनुपर्छ ।

– अन्त्यमा, अहिले तपाईंले देखेको-भोगेको नेविसंघ भनेको के हो ?

अहिले अपरिपक्व नेतृत्व विकास भएको छ । दुजाङ शेर्पाले कलंकको टीका लगाएका छन् । अपरिपक्व निर्णयले आफ्नै राजनीतिक भविष्यलाई अन्योलमा राखेका छन् । तर, सभापतिको हैसियतमा कलम छ भन्दैमा जसलाई मन लाग्यो, त्यसैलाई साइन गरिदिने हर्कतले भोलिका दिनमा उनैलाई अप्ठ्यारोमा पार्छ । यसले संगठनलाई पनि ठूलो क्षतिको नजिक पुर्‍याएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर