रुकुम पूर्व घटना : सिस्नु टिप्न गएका दिदिबहिनी हत्या आरोपमा संलग्न दुई नाबालक प्रकाउ – Nepal Press

रुकुम पूर्व घटना : सिस्नु टिप्न गएका दिदिबहिनी हत्या आरोपमा संलग्न दुई नाबालक प्रकाउ

सुर्खेत । प्रहरीले रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका-३ रन्माका दिदिबहिनीको हत्यामा संलग्न दुईजना आरोपमा नाबालकलाई पक्राउ गरेको छ ।

गत चैत २३ गते घरबाट सिस्नु टिप्न गएका १० वर्षीया रिण र ८ वर्षीय काली बुढा मृत अवस्थामा भेटिएका थिए ।

आइतबार विज्ञप्ति निकालेर घटनामा संलग्न देखिएको आरोपमा दुईजना नाबालिकाहरुलाई नियन्त्रणमा जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अञ्जना श्रेष्ठले जानकारी दिइन् ।

उनीहरुलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । मृत दिदिबहिनीले लगाएको सुनका गहना लुटेर हत्या गरी भिरबाट खसालिएको अनुसन्धानमा खुलेको श्रेष्ठले बताइन् ।

याे पनि पढ्नुस् : रुकुम पूर्व : दिदीबहिनीको हत्या आरोपमा ७ जना पक्राउ, गहना लुटेर हत्या गरिएको आशंका

याे पनि पढ्नुस् : रुकुम पूर्वमा सिस्नु टिप्न गएका दिदीबहिनी मृत भेटिए

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर