गुन्डा नाइके मिलन चक्रे हतियारधारी युवालाई पछाडि राखेर ‘ग्याङस्टार मार्चपार्च’ (भिडिओ) – Nepal Press

गुन्डा नाइके मिलन चक्रे हतियारधारी युवालाई पछाडि राखेर ‘ग्याङस्टार मार्चपार्च’ (भिडिओ)

काठमाडौं । गुन्डा नाइके चक्रे मिलन हतियारधारीसहितका युवालाई पछाडि राखेर हिँडिरहेको भिडिओ सार्वजनिक भएको छ ।

ज्ञानेन्द्र वली ५७ टिकटक आइडी भएका व्यक्तिले उक्त भिडिओ बनाएको देखिन्छ । यद्यपी अहिले ती व्यक्तिको आइडीमा उक्त भिडिओ भेटिँदैन । चक्रे मिलनसँग उनका अन्य टिकटक भिडिओहरु भने छन् ।

भिडिओ

भिडिओमा चक्रेको पछाडि हिँडिरहेका एक युवकले राइफलजस्तो हतियार बोकेर बडिगार्डको काम गरिरहेको जस्तो देखिन्छ ।
३२ सेकेन्ड लामो उक्त भिडियो नेपालगन्जको एक होटलमा खिचिएको बताइएको छ ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता पोषराज पोखरेलले युवा संघको कार्यक्रममा चक्रे सहभागी हुन जाँदा एक व्यक्ती हतियारसहित आएको देखिएको बताए ।

उनले गणेश विष्ट भन्ने व्यक्तिले इजाजतप्राप्त हतियार बोकेर आएको बताए । ‘तर इजाजत लिएको भएपनि त्यसरी बोकेर आउन मिल्दैन थियो । त्यस विषयमा थप बुझ्ने काम भइरहेको छ’, उनले भने ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर