मनाङको अपराजित यात्रा कायमै, थ्रीस्टारसँग रोमान्चक बराबरी – Nepal Press

मनाङको अपराजित यात्रा कायमै, थ्रीस्टारसँग रोमान्चक बराबरी

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलको यो सिजन मनाङ मर्स्याङ्दी क्लबले अपराजित सातौँ खेलमा पुर्याएको छ । सोमबार भएको खेलमा मनाङले उपाधि दावेदार थ्रीस्टारसँग १-१ गोलको बराबरी खेल्यो ।

दशरथ रंगशालामा भएको खेलमा थ्रीस्टारले सुरुवाती अग्रता लिएपनि अन्तिम समयमा मनाङ बराबरीमा फर्किएको थियो। थ्रीस्टारका सन्तोष साहुखलले ७८ औँ मिनेटमा गोल गरेका थिए ।

घरेलु लिग खेल्नकै लागि जापानबाट आएका साहुखलले पहिलो खेलमै गोल गरेका हुन् । तर मनाङ ८४ औँ मिनेटमा बराबरीमा फर्किएको थियो । मनाङका कोफी टिमोथी कुडोले ८४ औँ मिनेटमा गोल गरे । उनले हेडमार्फत गोल गरे ।

७ खेलबाट १५ अंक भएको मनाङ तालिकाको शीर्षस्थानमा छ । थ्रीस्टार ७ खेलबाट ११ अंक जोडेर छैटौँ स्थानमा रहेको छ । यो सिजन घरेलु लिगमा मनाङ र चर्च ब्वाइज मात्र अपराजित रहेका छन् । चर्च ब्वाइज ७ खेलबाट १३ अंक जोडेर तेस्रोमा छ । जावलाखेल युथ क्लबको ७ खेलबाट १४ अंक छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर