फोहोरलाई देखाएर राजनीति गर्नु हुँदैन, निकास दिनुपर्छ : मन्त्री गुरुङ (भिडिओ) – Nepal Press

फोहोरलाई देखाएर राजनीति गर्नु हुँदैन, निकास दिनुपर्छ : मन्त्री गुरुङ (भिडिओ)

काठमाडौं । शहरी विकास मन्त्री सीता गुरूङले फोहोरलाई देखाएर राजनीति गर्नु नहुने बताएकी छन् ।

सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री गुरुङले काठमाडौंको फोहोर व्यवस्थापनका लागि मन्त्रालयलको समन्वय गर्ने मात्रै जिम्मेवारी रहेको बताइन् ।

उनले फोहोर व्यवस्थापनको जिम्मेवारी काठमाडौं महानगरपालिकाको भएको भन्दै मन्त्रालयले व्यवस्थापनका लागि समन्वयकारी भुमिका निर्वाह गर्न कन्ज्युस्याँइ नगर्ने बताइन् ।

उनले महानगरको सिंहदरबारको फोहोर नउठाउने कदमको सम्बन्धमा मन्त्रालयमा छलफल भएको र समस्या समाधानका लागि समिति नै बनाएर अघि बढ्न लागिएको बताए । उनले फोहोरलाई देखाएर राजनीति गर्नु नहुने बताइन् ।

‘हामीले समन्वयकारी भुमिका निर्वाह गर्ने कुरामा कुनैपनि कन्ज्युस्याँइ हुँदैन । विगतमा यहाँको फोहोर व्यवस्थापनको निम्ति शहरी विकास मन्त्रालयले समन्वय गरेर बञ्चरेडाँडासम्मको सडक निर्माण र अर्को भौतिक पूर्वाधार संरचना निर्माणको लागि जुन जिम्मेवारी थियो त्यो पूरा गरिसकेको कारणले गर्दा अब हामीले समन्वय गर्ने काम मात्रै हो । हिजो मात्रै हामीले मन्त्रालयमा छलफल गरेका छौँ’, उनले भनिन्, ‘हामी तत्कालै बैठक बसेर एउटा समिति नै तयार गरेर त्यसबाट के गर्न सकिन्छ भन्ने एउटा निर्णय गरेर अगाडी बढ्ने भनेका छौँ । फोहोरलाई देखाएर हामीले राजनीति होइन, निकास दिनुपर्छ । त्यो कुरामा हामी लागि परेका छौँ ।’

समस्या समाधानका लागि सरकार लागि परेको मन्त्री गुरुङले बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर