सुनसरीको बर्जु गाउँपालिकाका इञ्जिनियर २० हजार रुपैयाँ घूससहित पक्राउ – Nepal Press

सुनसरीको बर्जु गाउँपालिकाका इञ्जिनियर २० हजार रुपैयाँ घूससहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घूस लिएको आरोपमा सुनसरीको बर्जु गाउँपालिकाका इञ्जिनियर अजयकुमार मेहतालाई पक्राउ गरेको छ ।

अख्तियारको टोलीले सोमबार २० हजार रुपैयाँ घूस लिएको आरोपमा मेहतालाई पक्राउ गरिएको जनाएको छ । उनी विराटनगर महानगरपालिका–५ बाट पक्राउ परेका हुन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।


प्रतिक्रिया

One thought on “सुनसरीको बर्जु गाउँपालिकाका इञ्जिनियर २० हजार रुपैयाँ घूससहित पक्राउ

  1. राम्रो अपरेशन गर्नु वडाअध्यक्ष, मेयर, प्रशासकीय प्रमुख, ईन्जिनियर घुसमा नसमातिने विरलै पालिका होलान ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर