दराजबाट सामान खरिद गर्दा १० देखि २० प्रतिशतसम्म छुट – Nepal Press

दराजबाट सामान खरिद गर्दा १० देखि २० प्रतिशतसम्म छुट

काठमाडौं । सानिमा बैंकले दराज नेपालसँग १० देखि २० प्रतिशत छुट अफरका लागि सहकार्य गरेको छ ।

यही चैत २८ देखि सुरु हुने अफर दराजको अनलाइनबाट बैंकको डोमेस्टिक डेबिट तथा क्रेडिट कार्डमार्फत अग्रीम भुक्तानीमा १० देखि २० प्रतिशत छुट पाउने सहकार्य भएको जनाइएको छ ।

सहकार्यबमोजिम दराजका जुनसुकै सामग्रीमा बैंकको डोमेस्टिक डेबिट कार्ड प्रयोग गरेमा ८ प्रतिशतदेखि ५०० रुपैयाँसम्म छुट प्राप्त हुने बताइएको छ । त्यस्तै बैंककै क्रेडिट कार्ड प्रयोग गरेमा १० प्रतिशतदेखि ५०० रुपैयाँसम्म छुट प्रदान गरिएको जनाइएको छ ।

त्यसैगरी स्वास्थ्य र सौन्दर्य, फेसन, जीवनशैली, अडिओ र पहिरनका सामग्री खरिदमा २० प्रतिशतदेखि २०० रुपैयाँसम्मको छुट रहेको जनाइएको छ ।

छुट पाउन दराज एपबाट भौचर संकलन गर्नुपर्ने र सीमित भौचर भएकाले पहिलोलाई प्राथमिकता प्रक्रियाअनुसार छुट प्रदान गरिनेसमेत बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर