भ्रष्टाचारको विरोध गर्दै देश लुट्नेहरु झाडीभित्र लुकेका गोमन सर्प हुन्: कमल थापा – Nepal Press

भ्रष्टाचारको विरोध गर्दै देश लुट्नेहरु झाडीभित्र लुकेका गोमन सर्प हुन्: कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले भ्रष्टाचारको चर्को विरोध गर्दै देश लुट्नेहरु झाडीभित्र लुकेका गोमन सर्प जस्तै भएको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड मागेको अडिओ प्रकरणमा उनले यस्तो बताएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘अहिले राजनीतिक बजारमा मन्त्री पदको लागि दुई करोड बुझाउनुपर्ने विषय चर्चा छ। वास्तवमा भ्रष्टाचारको चर्को विरोध गर्ने अनि आफैं भ्रष्टाचारमा चुर्लुम्म डुब्नेहरुको अहिले बिगबिगी छ। यो पहिलो काण्ड होइन ।’

सरकार फेर्न विदेशीसँग ५० करोड माग्नेदेखि काम मिलाइदिएवापत करोडौं घूस बार्गेनिङ गर्नेहरु साइबर स्यालको सहयोग र राजनीतिक संरक्षणमा चुनाव जित्ने र ठूलो नेतामा गनिने गरेको उनको भनाइ छ ।

उनले भनेका छन्, ‘भ्रष्टाचारी त अपराधी हुन्, त्यसमा कुनै विवाद नै भएन । तर, कम्बल ओढेर घ्यु खाने अर्थात भ्रष्टाचारको चर्को विरोध गर्दै देश लुट्नेहरु झाडीभित्र लुकेका गोमन सर्प हुन् । यिनीहरु खतरनाक हुन्छन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *