शंकर पोखरेलको दाबी- आउने निर्वाचनमा एमाले पहिलो शक्ति बन्छ – Nepal Press

शंकर पोखरेलको दाबी- आउने निर्वाचनमा एमाले पहिलो शक्ति बन्छ

बाँके । नेकपा एमालेका महासचिव शङ्कर पोख्रेलले आगामी निर्वाचनमा नेकपा एमाले पहिलो शक्ति बन्ने दाबी गरेका छन् ।

राष्ट्रिय युवा सङ्घ नेपालको नवौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै पोख्रेलले आगामी निर्वाचनमा पहिलो शक्ति बन्ने र बहुमतको सरकार निर्माण गर्ने दाबी गरे ।

उनले अहिलेको निर्वाचनमा पनि जनताको लोकप्रिय पार्टी एमाले रहेको पुष्टि भएको उनले बताए । कांग्रेस एक्लै निर्वाचनमा होमिन डराएको भन्दै उनले भने, ‘अघिल्लो निर्वाचनमा सबै पार्टी एक्ला एक्लै निर्वाचनमा होमिएको भए कांग्रेसले अहिले भन्दा धेरै सिट जित्न सक्थ्यो, एमालेले दोब्बर सिट हासिल गथ्यो र सरकार बनाउने थियो ।’

उनले अदालतका कारण एमाले पार्टी सरकारबाट बाहिरिनु परेको र प्रतिनिधि सभा सभामुखका कारण पार्टी विभाजन भएको आरोप लगाए ।

‘अदालतको सहारमा हामीलाई सरकारलाई हटाउने काम भयो प्रतिनिधि सभाका सभामुखको माध्यमबाट हाम्रो पार्टी बिभाजन गर्ने काम भयो’ उनले भने ।

अहिले नेपालको आर्थिक अवस्था दयनीय भएको पोख्रेलको भनाइ थियो ।

‘आर्थिक रुपमा संकटको डिलमा पुगेको छ । यो अवस्थामा मुलुकलाई जोगाउन एमाले मात्रैले सक्छ उनले भने,
नेपाली समाजलाई कमजोर बनाउन विखण्डन गर्ने गरि नेपाली मौलिक संस्कृति माथि प्रहार भइरहेको पोख्रेलको टिप्पणी थियो ।

अहिलेको गठबन्धनको आयु धेरै नभएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर